जापानको टोकियोमा 'उड्ने कार' को प्रदर्शन

 जेठ ६, २०८१ आइतबार १२:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

जापानको राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर 'उड्ने कार' को प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक 'उडान कार' प्रदर्शन गरिएको हो ।

सेन्टरबाहिर पार्किङ स्थलमा कार जमिनबाट झन्डै १० मिटर टाढा घुम्दा हेर्न दर्शकको घुइँचो लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उड्ने साधन मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षासमेत गरिएको छ ।

ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा यस्तो कार प्रभावकारी हुने विश्वास गरिएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो र झण्डै एक सय ९६ किलोग्राम तौल रहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया