मालपाेत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 जेठ ६, २०८१ आइतबार १८:५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मालपोत कार्यालय कैलाली टीकापुरका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली, नापी कार्यालय टीकापुरका तत्कालीन प्रमुख एवम् अधिकृत मानबहादुर चन्दसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको आरोपमा रसाइली र चन्दसहित मालपोत कार्यालय टीकापुरका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय टीकापुरका सर्वेक्षक दशरथ मण्डल तथा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलकुमार रावल र विमलबहादुर रावलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को १५ बिघा सरकारी जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय टीकापुरबाट व्यक्तिको नाममा कायम गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया