मानसरोवर यात्राका कारण रसुवागढी नाकामा बढ्यो चहलपहल

 जेठ ७, २०८१ सोमबार ९:४:३० | रासस
unn.prixa.net

रासस

रसुवा – चीनमा रहेको धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाण्डौबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीकाअनुसार पछिल्लो समय दैनिक औसत ४० जना यात्रु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेका छन् । नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लागि रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाण्डौबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु पुग्ने गरेका हुन् । पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया