वीरगञ्ज महानगरले दैनिक २ पटक फाेहर उठाउँदै

 जेठ ९, २०८१ बुधबार १५:५८:१२ | रासस
unn.prixa.net

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज बजार क्षेत्रमा दैनिक दुई पटक फोहरमैला सङ्कलन गर्दै आएको छ । महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला सङ्कलन गर्दै आएको मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।

चुनावको बेला नै आफूले फोहोरमैला व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको र कार्यभार सम्हालेदेखि दैनिक दुई पटक फोहोर सङ्कलन गर्न थालेको मेयर सिंहले बताउनुभयो । गर्मीमा एक दिनमै पनि फोहोर कुहिएर दुर्गन्ध आउने समस्या रहेकोमा अहिले बजार सफा भएको उहाँको भनाइ छ ।

महानगरले फोहर सङ्कलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिदैँन । उद्योगी/व्यवसायी तथा सरकारी निकायले महिनाको तीन सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने नियम छ ।

महानगरका अनुसार वीरगञ्जमा दैनिक ५५ देखि ६५ मेट्रिक टन फोहरमैला सङ्कलन हुँदै आएको छ । नियमित फोहोर उठाए पनि सर्वसाधरणले जथाभाबी फ्याँक्ने क्रम नरोकिएकोले अहिले सचेतनामूलक कार्यक्रम पनि शुरु गरेको मेयर सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया