झापाकाे भद्रपुरमा गर्भवतीलाई मह र घिउ

 जेठ ९, २०८१ बुधबार १५:१६:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान गर्ने गरेको भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीले बताउनुभयो ।

यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ । गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको उपमेयर कार्कीको भनाइ छ । नगरले सञ्चालन गरेको यो कार्यक्रमअन्तर्गत अहिले नगर क्षेत्रका नौ सय जना गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएका उहाँले बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई दुई हजार रुपैयाँसमेत दिने गरेको छ । भद्रपुर नगरपालिकाले ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया