सहकारी पीडित फेरि आन्दोलनमा

 जेठ ९, २०८१ बुधबार १८:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले गरेको सहमतिअनुसार रकम फिर्ता नपाएपछि सहकारी पीडितले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सहकारी पीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले काठमाण्डाैकाे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पर्सि शुक्रवारदेखि आन्दोलनको घोषणा गरेको हो ।

गएको वर्षको जेठ २० गते सहकारी पीडितले आन्दोलन शुरु गरेका थिए । काठमाण्डौकाे माइतीघर मण्डलबाट शुरु भएको आन्दोलन चर्किँदै गएपछि सरकारले सहमति गरेको थियो । तर अहिलेसम्म माग पूरा नभएको पीडितले बताएका छन् ।

हजारौँ बचतकर्ताको अर्बाैँ रकम हिनामिना भएको तर बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पटक–पटक सहमति गरे पनि अहिलेसम्म फिर्ता नपाएको पीडितले बताएका छन् । शुक्रवार भृकुटीमण्डपबाट शुरु गरेर देशव्यापी आन्दोलन गर्ने अभियानका अध्यक्ष कुशलभ केसीले बताउनुभयो ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया