सदरमुकाममै छैन पक्की पुल, आउजाउ गर्न समस्या

 जेठ १०, २०८१ बिहीबार १५:३३:३१ | रासस
unn.prixa.net

तस्बिर : रासस

मनाङ – मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आउजाउ गर्न समस्या भएको छ । सदरमुकाममै पक्की पुल नभएपछि आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण भएको छ ।

सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार वटा ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा बर्खामा अझ जोखिम बढ्ने स्थानीय बताउँछन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेसीँसहर चामे सडक आयोजनासँग पटक–पटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकेको बताउनुभयो । आयमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा काठेपुल निर्माणमा खर्चनुपर्ने बाध्यता रहेको अध्यक्ष घलेले बताउनुभयो । सडक निर्माण आयोजना, सङ्घीय तथा प्रदेश सरकारसँग छलफल गर्दा पनि पुल निर्माण गर्न नसक्दा आमनागरिकको गुनासो पूरा गर्न नसकेको उहाँको भनाइ छ ।

मुख्य सडकमा मात्र नौ वटा काठेपुलको यात्रा गरेर माथिल्लो मनाङका तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थनीय बताउँछन् । बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरूको भनाइ छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया