जहाजले ठक्कर दिँदा रारा विमानस्थलमा कर्मचारी घाइते

 जेठ १०, २०८१ बिहीबार १८:४:२७ | रासस
unn.prixa.net

फाइल फाेटाे

मुगु – मुगुको रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा त्यही विमानस्थलमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन् ।

यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनअटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा त्यही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते हुनुभएको हो ।

जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले भागलाई ठक्कर दिएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते कर्मचारी भामलाई सीता एअरकै जहाजमार्फत उपचारका लागि काठमाण्डाै रिफर गरिएकाे छ । यसअघि उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया