मुगुमा विद्यार्थी बाेकेकाे जीप दुर्घटना हुँदा १२ जना घाइते

 जेठ १०, २०८१ बिहीबार १८:१४:३३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मुगु – मुगुमा शैक्षिक भ्रमणका विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ कोल्टीको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जीप आज मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटपमा पल्टिएको हो ।

दुर्घनामा नौ जना विद्यार्थी, दुई जना शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेकाे अवस्था समान्य छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया