ताइवानलाई घेर्दै चीनद्वारा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास, ‘आफ्नो भूमि जोगाउन जेसुकै गर्न तयार’

 जेठ १०, २०८१ बिहीबार १८:२९:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले ताइवानको क्षेत्रमा ठूलो सैन्य अभ्यास गरेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले चीनको विरुद्धमा गरेको टिप्पणीलाई जवाफ दिन चीनले आजदेखि ठूलो सैन्य अभ्यास शुरु गरेको बीबीसीले जनाएको छ ।

बेइजिङले यो अभ्यासलाई ‘पृथकतावादी कार्यका लागि टापुलाई दिने सजाय’ भनेर उल्लेख गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो अभ्यास भोलि पनि हुनेछ ।

तीन दिनअघि मात्र शपथ लिएका ताइवानका राष्ट्रपति लाईले ताइवान एक स्वतन्त्र र प्रजातान्त्रिक देश भएको दाबी गर्दै अनावश्यक हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिनुभएको थियो । चीनले भने ताइवानलाई आफ्नो भूमि मान्दै आएको छ । चीनले आफ्नो भूमि जोगाउन जस्तोसुकै कदम चाल्ने घोषणा गरेको छ । आज चीनका ४२ वटा लडाकु विमान ताइवानको हवाई क्षेत्रमा पुगेका छन्, १६ वटा सैन्य पानी जहाजले पनि यसअघि कहिल्यै नतोडेको घेरा तोडेर ताइवान नजिकै पुगेका खबरमा उल्लेख छ ।

चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ । साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ताइवानले चीनलाई तर्कहीन अभ्यास रोक्न आग्रह पनि गरेको छ ।

ताइवानको भूमि मामिला परिषद्का प्रवक्ता लिआङ्ग वेन–चीहले चिनियाँ अभ्यासको विरोध गर्दै तर्कहीन सैन्य उक्साहट रोक्न आग्रह गर्नुभएको छ । आज चीनले गरेको ठूलो अभ्यास ताइवानलाई मात्र नभई उसका सहयोगीलाई पनि चेतावनी भएको रक्षा विश्लेषकहरूले बताएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया