प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलको चेतावनी

 जेठ ११, २०८१ शुक्रबार ७:१६:७ | एजेन्सी
unn.prixa.net

प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलले चेतावनी दिएको छ । इजरायलको विदेश मन्त्रालयले हिजो आयरल्यान्ड, नर्वे र स्पेनसँग इजरायलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने बताएको हो ।

यी देशले आउने हप्तादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरका थिए । प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने हो भने  प्यालेस्टिनी विद्रोहीले गाजामा राखेका बन्धकहरूको रिहाईका लागि सम्झौता अघि बढाउन थप कठिन हुने इजरायलले प्रतिक्रिया दिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा युद्ध अपराधलाई लिएर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्रीसहित हमासका नेताका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही दिनपछि ३ वटा देशले प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गरेको हो ।

प्यालेस्टिनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै देशको भ्रमण गर्नुभएका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई पुनर्जीवित गर्ने प्रयासलाई बलियो बनाउने बताउनुभयो । इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै देशबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया