संसद् बैठकअघि दलहरू छलफलमा

 जेठ ११, २०८१ शुक्रबार १२:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाको बैठकअघि दलहरू छलफलमा व्यस्त छन् । सहकारीकाे रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बिहानदेखि बसिरहेको छ । यसअघि हिजो बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेको थिएन ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ । कांग्रेसले नाम किटान गर्नुपर्ने र सत्तपक्षले किटान गर्न नहुने अडान लिँदै आएका छन् । यस्तै कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक पनि अहिले बसिरहेको छ ।

विपक्षी दलले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएका छन् । संसदीय छानबिन समितिको कार्यादेश बनाउन सत्ता पक्ष र कांग्रेसको कार्यदल बने पनि सहमति जुट्न सकेको छैन ।

प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममा माथि छलफल हुने कार्यसूची छ । सहमति नभए अवरोधकैबीच नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने सरकारको तयारी छ ।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया