सिङ्गापुर एअरलाइन्स 'टर्ब्युलेन्स' : २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट, आईसीयूमा उपचार चल्दै

 जेठ ११, २०८१ शुक्रबार १५:१८:४२ | एजेन्सी
unn.prixa.net

सिङ्गापुर एअरलाइन्सको उडानमा 'टर्ब्युलेन्स' पछिकाे दृश्य । तस्बिर : राेयटर्स

सिङ्गापुर एअरलाइन्सको उडानमा 'टर्ब्युलेन्स' अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ ।

थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ । अस्पतालमा भर्ना हुनेमा एक जना दुई वर्षका बालक पनि रहेका छन् ।

विमानमा रहेका ४६ यात्रुसहित चालक दलका दुई सदस्यको अहिले पनि उपचार चलिरहेको खबरमा उल्लेख छ ।

गएको मङ्गलवार बेलायतको लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा 'टर्ब्युलेन्स' उत्पन्न हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने केही व्यक्ति घाइते भएका थिए । 'टर्ब्युलेन्स' का कारण त्यो विमान आकाशमा अकस्मात् निकै तल पुग्दा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए । त्यसपछि विमानले बैंककमा आकस्मिक अवतरण गरेको थियो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया