अर्मेनियाले अजरबैजानलाई ४ वटा सीमावर्ती गाउँ फिर्ता गर्‍याे

 जेठ ११, २०८१ शुक्रबार १८:१९:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्मेनियाले चार वटा सीमावर्ती गाउँ अजरबैजानलाई फिर्ता गरेको छ । दशकौँ पहिला अर्मेनियाले कब्जा गरेको सीमावर्ती गाउँ– बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिली अजरबैजानलाई फिर्ता गरेको दुवै देशले पुष्टि गरेका छन् ।

यसलाई ऐतिहासिक प्रतिद्वन्द्वीबीच सम्बन्ध सामान्यीकरणको एक महत्त्वपूर्ण कदमका रूपमा मानिएको समाचार संस्था एएफपीले जनाएको छ । अजरबैजानले गएको वर्ष एकाएक आक्रमण गरी केही क्षेत्रलाई कब्जासमेत गरेको थियो । आक्रमणपछि एक लाख जनाभन्दा धेरै स्थानीय आर्मेनियातर्फ भाग्न बाध्य भएका थिए ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया