द्रुतमार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

 जेठ १२, २०८१ शनिबार ६:३२:४० | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाण्डौतर्फ आउने सुरुङमार्ग हिजो छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेस द्रुतमार्ग  सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ । यसअघि गएको जेठ ४ गते एक हजार ४ सय ३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाण्डौबाट निजगढतर्फ जाने सुरुङमार्ग हो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया