सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमति नजिक

 जेठ १२, २०८१ शनिबार ७:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरु सहमति नजिक पुगेका छन् । हिजो कार्यदलस्तरमा भएको छलफलपछिको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम नराखी समितिको कार्यादेश बनाउने विषयमा दलहरु सहमतिको नजिक पुगेका हुन् ।

शीर्ष नेताहरूसँगको परामर्शमा कार्यदलले आज कार्यादेशको मस्यौदा टुङ्ग्याउने तयारी गरेको छ । समितिको कार्यादेश टुङ्गिएसँगै भोलि सदनको गतिरोध अन्त्य भएर सरकारको नीति तथा कार्यक्रम र बजेट संसदीय प्रक्रियाबाटै पास गर्ने विषयमा पनि शीर्ष नेताहरूबीच छलफल भएको छ । हिजोको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको जानकारी दिनुभयो ।

बैठकमा सङ्घीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको कार्यादेश बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताउनुभयो । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया