आज भारतको दिल्लीसहितका आठ राज्यमा मतदान चल्दै

 जेठ १२, २०८१ शनिबार ९:१४:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान भइरहेको छ । छैटौँ चरणको मतदान अन्तर्गत आज ५८ सीटका लागि मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।आज दिल्लीका सात, हरियाणाका १०, बिहारका आठ, जम्मु कश्मीरको एक र झारखण्डको चार सिटका लागि मतदान हुँदैछ ।

यस्तै आजै ओडिशाका ६, उत्तर प्रदेशको १४ र पश्चिम बङ्गालको आठ सिटमा पनि मतदान भइरहेको छ । ओडिशामा भने लोकसभासँगै विधानसभाको ४२ सिटका लागि पनि मतदान भइरहेको छ । सात चरणमा हुने भारतको आम चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको हो ।

अन्तिम तथा सातौँ चरणको मतदान जुन १ मा हुनेछ । जुन १ मा बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बङ्गाल, चण्डीगढ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान हुनेछ । मतदान सकिएपछि जुन ४ तारिखदेखि सबै क्षेत्रको मतगणना शुरु हुनेछ । 
 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया