अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्ने विज्ञ समूहको निष्कर्ष

 जेठ १२, २०८१ शनिबार १२:०:५५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल कुखुरा व्यवसायी मञ्चले बनाएको विज्ञ समूहले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा हुने निष्कर्ष निकालेको छ । अहिले किसानले औषतमा प्रतिगोटा १५ रुपैयाँ ३३ पैसा पाउने गरेका छन् ।

यो किसानले पाएको अहिलेसम्मकै उच्च मूल्य हो । डेढ वर्षअघि किसानले अण्डा प्रतिगोटा आठ रुपैयाँमा बिक्री गर्न बाध्य थिए । कुखुरापालक किसानले अण्डाको लागत मूल्य नपाएको गुनासो बढेपछि अण्डाको वैज्ञानिक लागत मूल्य खोज्न मञ्चले विज्ञ समूह बनाएको हो ।

पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा. रेवन्त भट्टराई, डा. सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा. विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । कम मूल्यमा अण्डा बिक्री गर्नु परेपछि धेरैजसो किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो । फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो ।

नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान छ । अहिले दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको मञ्चले जनाएको छ ।  

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया