अन्तर्राष्ट्रिय अदालतले आदेश दिए पनि इजरायलले रफाह शहरमा आक्रमण रोकेन

 जेठ १२, २०८१ शनिबार १२:४४:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय अदालतको आदेशका बावजुद इजरायलले गाजाको रफाह शहरमा आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घको इन्टरनेशल कोर्ट अफ जस्टिसले हिजो रफाह शहरमा आक्रमण रोक्न इजरायललाई आदेश दिएको थियो । तर इजरायलले रफाह शहरबाट तत्कालै सेना फिर्ता गर्न सक्ने अबस्था नरहेको भन्दै आक्रमणलाई जारी राखेको बीबीसी हिन्दीले जनाएको छ ।

अन्तर्राष्ट्रिय अदालतले दक्षिण अफ्रिकाको निबेदनमाथि सुनुवाई गर्दै आक्रमण रोक्न इजरायललाई आदेश दिएको हो । तर आदेश लगत्तै प्रतिक्रिया दिँदै इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्यहूले हमासको पक्ष लिएर आदेश आएको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले यहुदीहरुप्रति नकारात्मक धारणासहित आदेश आएको भन्दै तत्काल रफाहबाट सेना फिर्ता नहुने बताउनुभयो ।

आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त विज्ञप्ती निकालेर इजरायलले रफाह सहरमा बस्ने नागरिकको ज्यान जोखिममा पर्ने गरी यसअघि पनि कारबाही नगरेको र आउँदा दिनमा पनि नगर्ने बताएका छन् । रफाह सहरमा इजरायली सेनाले पछिल्ला दिनहरुमा आक्रमण तीव्र बनाउँदा १० लाख भन्दा धेरै प्यालेष्टिनी नागरिक जोखिममा परेका भन्दै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा निबेदन दिएको हो । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया