पपुपा न्यूगिनीको एउटा गाउँ पहिरोले बगाउँदा तीन सय जनाभन्दा धेरै बेपत्ता

 जेठ १२, २०८१ शनिबार १५:१२:३३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

पपुपा न्यूगिनीको एउटा गाउँ पहिरोले बगाउँदा तीन सय जना भन्दा धेरै हराइरहेका छन् । उत्तरी पपुवा न्यूगिनीको एन्गा प्रान्तको काओकालाम गाउँमा गएको एउटा भयानक पहिरोमा परेर तीन सय जना बेपत्ता भएको र ११ सय ८२ वटा घर पनि बगेका समाचार संस्था रोयटर्सले जनाएको छ । राजधानी पोर्ट मोर्सबीबाट छ सय किलोमिटर उत्तर पश्चिममा पर्ने निकै दुर्गम गाउँ पहिरोले बगाएको हो ।

गाउँमा सडक, बिजुली र इन्टरनेट अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित भएको छ । यो पहिरोमा परेर सयौँ जनाको ज्यान गएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अहिलेसम्म चार जनाको मात्रै शव भेटिएको छ ।

सडकमार्गबाट पुग्न असम्भव भएपछि घटनास्थलमा हेलिकप्टर परिचालन गरिएको छ । तर खराब मौसमका कारण हेलिकप्टर उडानसमेत प्रभावित भएको छ । पपुवा न्यूगिनीका प्रधानमन्त्री जेम्स मारापेले आपतकालीन टोलीले उद्धारको प्रयास गरिरहेको बताउनुभएको छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया