धनगढी उपमहानगरले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम प्रभावकारी

 जेठ १२, २०८१ शनिबार १५:१८:४४ | रासस
unn.prixa.net

सामाजिक सञ्जाल

कैलाली – धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको 'विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक' कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । गएको साउनदेखि वैशाखसम्म तीन हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो । 

कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गएको साउनदेखि १९ वटै वडामा हरेक महिना विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । क्लिनिकमा बिरामीको निःशुल्क जाँचका साथै औषधि पनि निःशुल्क दिने गरिएको छ । ज्येष्ठ नागरिक, गर्भवतीलगायत वर्गमा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पाएका छौँ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया