कब्जा गरेका भूमि आफ्नो बनाउँदै युक्रेनसँग युद्धविराम गर्ने रुसी राष्ट्रपति पुटिनको सङ्केत

 जेठ १२, २०८१ शनिबार १८:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुसका भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको सङ्केत गर्नुभएको छ ।  बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्ताको क्रममा पुटिनले आफूहरु सर्तसहित युक्रेनसँगको लडाईँ अन्त्य गर्न तयार हुने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले युक्रेनका विभिन्न क्षेत्र कब्जा गरिसकेकाले विजयको रुपमा लिँदै अब पुटिन युद्ध रोक्ने मार्गतर्फ अग्रसर भएको सङ्केतका रूपमा लिइएको खबरमा उल्लेख छ । अहिले रुसी सेना जहाँ सम्म पुगेका छन्, उनीहरुलाई त्यहीँ रोक्ने र कब्जा गरेको भूमि रुसकै हुने गरी युद्धविराम गर्न सकिने पुटिनको सङ्केत रहेको छ । तर युद्धविरामको सङ्केतलाई युक्रेन र पश्चिममा देशले भने शङ्काका साथ हेरेका छन् ।

रुसले फेरि पनि आफ्नो स्वार्थ पूरा गर्न युद्धविरामको नाटक गर्न सक्ने उनीहरुको शङ्का छ । युक्रेनी राट्रपति भोलोदोमिर जेलेनेस्कीले पुटिनसँग वार्ता नगर्ने र रुसले कब्जा गरेको सबै भूमि फिर्ता लिने पटक–पटक प्रतिज्ञा गर्नुभएको छ । रुसले अहिले युक्रेनको १८ प्रतिशत भाग कब्जा गरिसकेको छ ।  

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रुस पछिल्लो केही हप्तादेखि फेरि आक्रामक बनेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभ नजिकै रुसी सेना पुगेका छन् । युक्रेनलाई पुरै पराजित गर्न रुस र युक्रेनबाट पुटिनलाई ठूलो जनपरिचालन चाहिन्छ । तर अहिले जनपरिचालनमा नागरिकले इच्छा नदेखाएपछि पुटिनले युद्धविरामको संकेत गर्न थालेको विश्लेषण भइरहेको छ । पुटिनले यसै महिना गरेको चीन भ्रमणको क्रममा पनि  युक्रेनसँग युद्धविराम गर्न सकिने बताउनुभएको थियो । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया