देशका पूर्वी र पश्चिमी केही क्षेत्रमा वर्षा

 जेठ १२, २०८१ शनिबार १७:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अहिले देशका विभिन्न जिल्लामा पानी परिरहेको छ । दिउँसोदेखि दैलेख, प्युठान, कास्की, काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङगा, सर्लाही, सिन्धुली र खोटाङमा पानी परिरहेको हो ।

त्यस्तै पाँचथर र इलाममा दिउँसो पानी पर्‍यो । ती दुई जिल्लामा अहिले रोकिएको छ । स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले आज देशका पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा पानी परेको हो । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि छिटफुट वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया