नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित, कांग्रेस–एमाले निकट गठबन्धनले प्यानलै जित्यो

 चैत २८, २०८१ बिहीबार १४:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानून व्यवसायी सङ्गठनको गठबन्धन उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले पाँच हजार ५२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६ सय २१ मत मात्रै प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो । कांग्रेस निकट कानून व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमाले निकट कानून व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए ।

महासचिवमा केदारप्रसाद कोइराला चार हजार आठ सय ७४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले दुई हजार तीन सय ६७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया