सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँगका ७ वटा नाका खुले

 जेठ १२, २०८१ शनिबार १८:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सङ्खुवासभाको किमाथाङ्कासहित उत्तरतर्फका सात वटा परम्परागत नाका आजदेखि खुलेका छन् । कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका १४ वटामध्ये आजदेखि सात वटा नाका खुलेका हुन् ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा आज किमाथाङ्कामा एक कार्यक्रम गरेर नाका खुलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सङ्खुवासभाको किमाथाङ्कासँगै अरू छ वटा परम्परागत नाका आजदेखि खुलेका हुन् ।

रसुवागढी, तातोपानी, यारी र कोरला व्यापारिक नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् । परम्परागत नाका नेपालको हिमाली क्षेत्रका बासन्दाले आफ्ना उत्पादन चीनतर्फ बेच्न र चीनवाट उपभोग्य बस्तु ल्याउन प्रयोग गर्दै आएका थिए । नाका बन्द हुँदा आफूहरुको जीवनयापन नै कष्टकर बनेको बताउने हिमाली क्षेत्रका बासिन्दा नाका सञ्चालनमा आउने कुराले उत्साहित बनेका छन् ।

नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीच ७ वटा परम्परागत सीमा व्यापार केन्द्र पुनः खोलिएको बताउँदै यसले सीमापार व्यापारलाई बढावा दिने र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने बताउनभुएको छ । उहाँले दुई देशबीचको यस्तो सम्पर्कले नेपालमा समृद्धि र खुशी ल्याउने पनि बताउनुभएको छ ।

किमाथाङ्का नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटक–पटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया