चीनसँगकाे ७ वटा नाका सञ्चालनमा, बाँकी ७ वटा कहिलदेखि खुल्छ ?

 जेठ १३, २०८१ आइतबार ६:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – कोभिड–१९ महामारीपछि बन्द भएका चीनसँगको परम्परागत नाकाहरू पुनः सञ्चालनमा आएको घोषणा भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि नाका बन्द गरेको थियो ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा हिजो आयोजित एक समारोहबीच नेपाल–चीन सीमामा रहेका १४ वटै परम्परागत नाका पुनः सञ्चालनमा आएको संयुक्तरूपमा घोषण गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार सात वटा नाका हिजोदेखि नै सञ्चालनमा आएका छन् । बाँकी सातमध्ये मुगुमा रहेका दुई वटा नाका आउँदो अगस्ट महिनाकाे अन्त्यसम्ममा, गोरखामा रहेको नाका जुनको अन्त्यसम्ममा, सोलुखुम्बुमा रहेको नाका जुनको मध्यसम्ममा, हुम्लाको नाका जुन २० तारिखमा, दार्चुलाको जुन २५ मा र बझाङको जुन ३० मा सञ्चालनमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केरुङ, तातोपानी, कोरलालगायत व्यापारिक नाका भने यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया