हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्‍याे

 वैशाख ९, २०८२ मंगलबार १२:४२:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सङ्घीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३ को अक्टोबरदेखि तयार भएका यहूदी विरोधी र मुस्लिम विरोधी पूर्वाग्रहसम्बन्धी सबै गतिविधिको प्रतिवेदन बुझाउन माग गरेको बीबीसीले जनाएको छ ।

प्रशासनले हार्वर्डका विविधता र समावेशीतासम्बन्धी कार्यक्रम हटाउन, मास्क लगाएर हुने प्रदर्शन प्रतिबन्ध गर्न, योग्यता आधारित भर्ना प्रणाली ल्याउन र कर्मचारीको शक्ति घटाउन माग गरेको छ ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको तत्काल केही अनुदान कटौती गर्ने र बिस्तारै थप अनुदान कटौती गर्ने सम्भावना रहेको जनाइएको छ ।

विश्वविद्यालयका कार्यवाहक अध्यक्ष एलन एम. गार्बरले सरकारको यो कदमले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र अमेरिकाको उच्च शिक्षामा प्रत्यक्ष असर पार्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया