भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री खट्टर दुई दिने नेपाल भ्रमणमा

 वैशाख ९, २०८२ मंगलबार १२:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउनुभएको मन्त्री खट्टरलाई ऊर्जा मन्त्रालय र काठमाण्डौको भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् ।

गएको वर्ष माघमा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेशन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेशनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सबस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उहाँले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

यस्तै दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन इन्डियाबीच दुई अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि समझदारीपत्रमा पनि हस्ताक्षर हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया