दिल्लीकाे बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुकाे ज्यान गयाे

 जेठ १३, २०८१ आइतबार ९:६:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा छ जनाको उपचारका क्रममा ज्यान गएको र छ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

आगलागीका कारण अस्पताल नजिकैकाे भवनमा पनि क्षति पुगेकाे खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया