ताइवानका राष्ट्रपतिद्वारा चीनसँग समझदारी र सहकार्यको प्रस्ताव

 जेठ १३, २०८१ आइतबार १५:१६:१८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ताइवानका राष्ट्रपति लाई ले आपसी समझदारी र मेलमिलाप बढाउन आफू तत्पर रहेको बताउनुभएको खबरमा उल्लेख छ । चीनसँग सहयोगको आदानप्रदानका माध्यमबाट आपसी समझदारी र मेलमिलाप बढाउन, आपसी लाभ सिर्जना गर्न र शान्ति र साझा समृद्धिमा जानको लागि ताइवान तयार रहेको उहाँको भनाई छ । उहाँले चिनियाँ अभ्यासप्रति चिन्ता व्यक्त गरेकोमा संयुक्त राज्य अमेरिका र अन्य देशलाई धन्यवाद पनि दिनुभएको छ ।

चीनले ताइवानलाई आफ्नै भूमि दाबी गर्दै गएको बिहीवार शुक्रवार सैन्य अभ्यास गरेको थियो  । राष्ट्रपतिको सपथ लिए लगत्तै ताइवानका राष्ट्रपतिले आफ्नो देशको सार्वभौमसत्तामाथि प्रश्न नउठाउन चेतावनी दिएपछि चीनले दुई दिनसम्म जल, स्थल र वायु सेनाद्वारा ताइवानलाई घेर्दै सैन्य अभ्यास गरेको थियो ।

चीनले यसलाई ताइवानका राष्ट्रपतिको भाषणविरुद्धको सजाय भनेको थियो । चीनले ताइवानका राष्ट्रपतिलाई बारम्बार 'पृथकतावादी' भनेर निन्दा गरेको छ । लाईले बारम्बार वार्ताको प्रस्ताव गरे पनि चीनले अस्वीकार गर्दै आएको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया