बन्दिपूरमा १७ तलाको पाँचतारे होटलसहित धमाधम ठूला पर्यटकीय पूर्वाधार बन्दै

 जेठ १३, २०८१ आइतबार १५:२४:२० | रासस
unn.prixa.net

रासस

तनहुँ – तनहुँको पर्यटकीय स्थल बन्दिपूरमा धमाधम ठूला पर्यटकीय पूर्वाधार बनिरहेका छन् । स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दिपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल छ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा अहिलेसम्म चार अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दिपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ ।

बन्दिपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दिपुर–४ बरालथोकबाट भानु–१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

यस्तै बन्दिपुर–४ को केबलकार चोक नजिक निर्माणधीन एक सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै निर्माणाधीन १७ तलाको पाँचतारे होटल 'क्वीन टावर' को झण्डै ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया