बसले ‘ओभरटेक’ गर्दा चारवटा गाडी ठोक्किएको प्रहरीको प्रारम्भिक निष्कर्ष, ज्यान गुमाउनेको सङ्ख्या दुई पुग्यो

 जेठ १४, २०८१ सोमबार १०:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत १७ किलोमा गएराति भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका ट्रकका सहचालकको उपचारका क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले उज्यालोलाई दिनुभएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत सिन्धुपाल्चोक बाह्रबिसे घर भएका राजन सुवेदीको ज्यान गएको हो ।  यसअघि अर्का १७ वर्षीय किशोरको पनि उपचारकै क्रममा ज्यान गएको थियो । उनको नाम ठेगाना खुलिसकेको छैन । घाइते २१ जनाको उपचार भैरहेको छ ।

गएराति काठमाण्डौबाट प्यूठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ गैरहेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

प्रहरीका अनुसार काठमाण्डौबाट प्यूठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बसले काठमाण्डौबाट बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बसलाई उछिन्दा विपरीत दिशाबाट आइरहेको ना ३ ख ७९१५ नम्बरको ट्रकसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसक्रममा ट्रकको पछाडि रहेको ना ६ ख ८९६८ नम्बरको अर्को बस पनि ट्रकको पछिल्लो भागमा ठोक्किएको देखिन्छ। बा ४ ख ९०८६ नम्बरको बसले उछिन्ने क्रममा ना ७ ख ३२४८ नम्बरको बस पनि सडकको कुनामा ठोक्किएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको डीएसपी रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया