अमेरिकामा आँधीका कारण १५ जनाको ज्यान गयो

 जेठ १४, २०८१ सोमबार १२:११:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा आँधीका कारण सात जनाकाे ज्यान गएकाे छ । आँधीका कारण उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको ज्यान गएको हाे । अरू धेरै जना घाइते भएका बीबीसीले जनाएको छ । आँधीका कारण घरहरू ध्वस्त भएका छन् भने विभिन्न राज्यका झन्डै पाँच लाख घरपरिवारका बिजुलीका लाइन काटिएका छन् ।

अमेरिकामा हिजो चट्याङ, मेघगर्जन र भारी वर्षासहित आएको आँधीले जनजीवन प्रभावित भएको हो । टेक्सासका गभर्नर ग्रेग एबोटले आफ्नो राज्यका सबै काउन्टीहरूको एक तिहाइभन्दा धेरै ठाउँलाई प्रकोप प्रभावित क्षेत्र घोषणा गर्नुभएको छ । टेक्सासमा एउटै परिवारमा बालबालिकासहित पाँच जनाको ज्यान गएको उहाँले बताउनुभयो ।

ट्रोनाडोज नामको शक्तिशाली विनाशकारी आँधीले टेक्सासमा सबैभन्दा बढी क्षति पुर्‍याएको खबरमा उल्लेख छ । आँधीपछि बाहिरिएको भिडियो फुटेजमा पेट्रोल पम्प र सार्वजनिक ठाउँहरू पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ । आँधीका कारण गाडीहरूमा क्षति पुगेको र फोहोरको थुप्रोले पुरिएको अवस्थामा रहेका छन् । अहिले डल्लाससहितका धेरै राजमार्ग बन्द रहेका छन् ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया