संसद्को गतिरोध हटाउन दलहरूबीच बिहान भएको छलफल निष्कर्षविहीन

 जेठ १४, २०८१ सोमबार १२:४१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशबारे दलहरूले पुरानै अडान दोहोर्‍याएका हुन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवन् गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ भने सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नतोकी छानबिन समिति बनाउनुपर्ने अडान लिएका छन् । यसै विषयमा सहमति नजुट्दा कांग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

कांग्रेसको अवरोधकै बीच हिजाे सरकारले आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित गरेको छ । समितिको कार्यादेश टुङ्गो लगाएर संसद्को गतिरोध अन्त्य गर्ने र भोलि संसदबाट सहज रूपमा बजेट ल्याउने गरी फेरि छलफल हुने नेताहरूले बताएका छन् ।

आजको छलफलमा एमालेबाट विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुनमन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे तथा रास्वपाबाट गृहमन्त्री लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया