पपुवा न्यु गिनी पहिराे : २ हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएकाे पुष्टि

 जेठ १४, २०८१ सोमबार १५:१६:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पपुवा न्यु गिनीले गएको शुक्रवारको पहिरोमा परेर दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको छ । बेपत्ता हुने मानिसको सङ्ख्याबारे फरक–फरक विवरण सार्वजनिक भइरहेका बेला पपुवा न्यु गिनी सरकारले नै संयुक्त राष्ट्र सङ्घलाई पहिराेमा परि दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको हो ।

समाचार संस्था एएफपीका अनुसार सरकारले संयुक्त राष्ट्र सङ्घलाई बेपत्ता भएकाहरूको सङ्ख्याबारे जानकारी गराउँदै भयानक सङ्कटको सामना गर्न सहायता माग गरेको छ । राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोर्सबीमा पत्रकार सम्मेलन गरेर अहिलेको घटना इतिहासकै ठूलो घटना भएको जनाएको छ ।

गएको शुक्रवार एङ्गा प्रान्तमा एउटा पहाडमा रहेको पूरै गाउँलाई नै पहिरोले बगाएको छ । पहिराेका कारण ११ सय वटा घर भत्किएका छन् भने एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् ।

रातको समयमा आएको पहिरोले दुई हजार जनाभन्दा धेरैलाई बगाएको र पूरेको शङ्का छ । अहिले पनि पहिरो गइरहेकाले खोजी प्रभावित भएको छ । अब धेरैलाई जीवितै भेटाउन सक्ने सम्भावना कम रहेको पनि पपुवा न्यु गिनी सरकारले जनाएको छ ।

पपुवा न्यु गिनीले मित्र देश र साझेदारहरूलाई आफ्नो देशमा सहायता र सहयोगको अपिल गरिदिन पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया