चीनको सीमातर्फ गोरखाको साम्दोमा सशस्त्र प्रहरीकाे 'बीओपी' स्थापना

 जेठ १४, २०८१ सोमबार १५:१६:५४ | रासस
unn.prixa.net

गाेरखा – सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ साम्दोमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बीओपी गोरखा सदरमुकामबाट एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । समुद्री सतहतदेखि तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बीओपीबाट १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ ।

नेपाल र चीन सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत काम गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ नौ वटा स्थानमा बीओपी स्थापना गरिसकेको छ । समग्रमा सशस्त्र प्रहरीले भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा दुई सय ५४ बीओपी स्थापना गरेको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया