सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडाेरकाे बाग्लुङ–गुल्मी खण्ड बन्द, सडक खुल्न समय लाग्ने

 जेठ १४, २०८१ सोमबार १५:१२:१३ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – सुक्खा पहिरो खसेपछि गए रातिदेखि कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी खण्ड बन्द भएको छ । बाग्लुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भीरमा गए राति पहिरो खसेको हो । पहिरोले बाग्लुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसअघि फागुन ११ र २६ गते पनि अहिले खसेकै ठाउँमा पहिरो खस्दा करिडोर एक हप्ता बन्द भएको थियो । बाग्लुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला एक्कासी पहाडको ठूलो ढिस्को खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताउनुभयो । पहिरो निकै ठूलो भएकाले यो पटक पनि सडक खुल्न समय लाग्ने आयोजनाले जनाएको छ ।

सडक बन्द भएका कारण जिल्ला सदरमुकाम बाग्लुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने गाडी रोकिएका छन् ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया