एमाले र ओलीप्रति लगाएकाे आराेपमा कांग्रेसले माफी नमागे राजनीतिक प्रतिवादमा उत्रिन्छाैँ : पाैडेल

 जेठ १४, २०८१ सोमबार १८:२७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाैडेलले गिरीबन्धु टी–स्टेटको जग्गाबारे नेपाली कांग्रेसले एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लक्षित गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताउनुभयो । कांग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रूपमा क्षमायाचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

एमाले उपाध्यक्ष पाैडेलले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप पनि लगाउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया