दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी पनडुब्बीको भग्नावशेष ८० वर्षपछि भेटियाे

 जेठ १५, २०८१ मंगलबार ६:४३:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अमेरिकाको सबैभन्दा प्रसिद्ध पनडुब्बी मध्येको एक युएसएस हार्डरको भग्नावशेष ८० वर्षपछि दक्षिण चीन सागरमा फेला परेको छ । यो दोस्रो विश्वयुद्धमा २९ अगस्ट १९४४ मा विपक्षीले गरेको  आक्रमणमा डुबेको थियो । यसमा रहेका ७९ जना चालक दलका सदस्य सबैको ज्यान गएको थियो । फिलिपिन्सको लुजोन टापुबाट ३ हजार फिट तल पनडुब्बीको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ  ।

आक्रमण भएको र डुबेको ८० वर्ष भइसक्दा पनि पनडुब्बीको अधिकांश भाग जोडिएकै अवस्थामा रहेको खबरमा उल्लेख छ । डुब्नुअघि अमेरिकाले यो पनडुब्बीलाई जापानी सेनाको कब्जामा रहेको फिलिपिन्सलाई फिर्ता लिन प्रयोग गरिरहेको थियो ।

यो अमेरिकी पनडुब्बीले  दोस्रो विश्वयुद्धमा सबैभन्दा धेरै जापानी युद्धपोत डुबाएको बताइएको छ । हराएको ५२ प्रोजेक्ट अन्तर्गत युएसएस हार्डर फेला परेको छ । अरु ५१ वटाको पनि खोजी भइरहेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया