धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
भारतको राजधानी दिल्लीमा गएको शनिवार आगलागीबाट सात नवजात शिशुले ज्यान गुमाएको बाल अस्पताल अनुमतिविना नै अवैध रूपमा सञ्चालन भएको पाइएको छ । विवेक बिहार क्षेत्रमा रहेको बाल अस्पतालको स्वामित्व भएका व्यक्ति र त्यति बेला काममा खटिएका डाक्टरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।
अस्पतालका निर्देशक डा. नविन किची र डा. आकाश नामका व्यक्तिलाई ज्यान मार्ने उद्योग गरेको अभियोग छ । अनुसन्धानकै क्रममा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन स्रोत र आपत् आइपर्दा बाहिर निस्किन चाहिने आकस्मिक द्वार पनि नभएको फेला परेको छ ।
अस्पतालको 'नो अब्जेक्सन सर्टिफिकेट' अर्थात् सञ्चालन गर्न पाउने अनुमतिपत्र गएको मार्च ३१ तारिखमा नै सकिएको प्रहरी अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । १५ मिटरभन्दा अग्ला अस्पताल भवनका लागि आगलागीसँग सम्बन्धित सुरक्षा मापदण्ड पूरा गरेको छ भनेर प्रमाणित गर्ने प्रमाणपत्र पनि चाहिन्छ ।
आगलागी हुँदा अस्पतालमा भर्खर जन्मिएका १२ जना शिशु थिए । जीवित पाँच जना शिशुलाई उपचारका लागि अर्को अस्पतालमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।