चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढ्यो

 जेठ १५, २०८१ मंगलबार १८:३०:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढेको छ । अमेरिकी कम्पनी एप्पलको उत्पादन आईफोनको बिक्री चीनमा अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा यस वर्षको अप्रिलमा ५२ प्रतिशतले बढेको समाचार संस्था रोयर्टसले जनाएको छ ।

गएको मार्च महिनामा पनि चीनमा आईफोनको बिक्री अघिल्लो वर्षको मार्चको तुलनामा १२ प्रतिशतले बढेको थियो । हुवाए लगायतका चिनियाँ उत्पादनसँगको प्रतिस्पर्धालाई सशक्त बनाउँदै एप्पलले संसारकै ठूलो स्मार्टफोन बजारमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।

चीनमा अप्रिल महिनामा मात्रै सबै किसिमका गरी दुई करोड २७ लाख ७० हजार वटा स्मार्टफोन बिक्री भएका छन् । यो अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा २५ दशलमव पाँच प्रतिशतले धेरै रहेको चाइना एकेडेमी अफ इन्फरमेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी सीएआईसीटीले जनाएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया