सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन, सूर्य थापा संयोजक

 जेठ १५, २०८१ मंगलबार १८:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय 'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति' गठन गरेको छ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे  हुनुहुन्छ । एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री हुनुहुन्छ । सूर्य थापा समितिको संयोजक पनि हुनुहुन्छ । माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।

समस्याग्रस्त र गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढङ्गले लगानी गरेका २९ वटा सहकारीमाथि छानबिन गर्न समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गरेर संसद् चल्न नदिएपछि सरकारले समिति गठन गरेको हो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया