टी–२० विश्वकपको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति

 जेठ १६, २०८१ बुधबार ९:४९:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति पुगेको छ । ८० माइल प्रतिघण्टाले चलेको हावाहुरी र ठूलो पानीका कारण अमेरिकाको डलासको स्टेडियममा क्षति पुगेको हो । डलास शहरमा तूफानको साइरन समेत बजेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ । तर, अहिले भएको यो क्षतिले उद्घाटन खेलमा कुनै पनि असर नपर्ने आईसीसीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । खराब मौसमकै कारण अमेरिका र बङग्लादेशबीचको हिजोको अभ्यास खेल रद्द भएको छ ।

टी–२० विश्वकप आउँदो आइतवार अर्थात् जुन २ तारिखदेखि शुरु हुँदैछ । यो विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन् । नेपालले जुन ४ तारिख अर्थात् मङ्गलवार आफ्नो पहिलो खेल नेदरल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया