दिल्लीमा पानी खेर फाल्नेलाई २ हजार भारु जरिबाना तिराउन जलमन्त्रीकाे निर्देशन

 जेठ १६, २०८१ बुधबार १८:१०:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मकै उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ । भारतीय मौसम विज्ञान विभागले दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।

मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामाभन्दा नौ डिग्री सेल्सियसयले धेरै हो । तीन करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन कष्टकर भएको छ ।

सरकारी अधिकारीहरूले तापक्रम वृद्धिसँगै पानीको अभाव शुरु भएको बताएका छन् । दिल्ली सरकारकी जलमन्त्री आतिशीले पानीको दुरुपयोग गर्ने (खेर फाल्ने) व्यक्तिलाई दुई हजार भारतीय रुपैयाँ जरिबाना तिराउन जल बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिनुभएको छ ।

जलमन्त्रीले पत्र लेखेर पानीको दुरुपयोगबारे अनुगमनका लागि तत्काल दुई सय जना टोली परिचालन गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले पानी ट्याङ्की भरिएर पोखिएको, कार धुने, निर्माण व्यवसायीहरुले अवैधानिक रूपमा धारा जडान गरेको लगायतका अवस्थामा जरिबाना गर्न निर्देशन दिनुभएको हो ।

भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । यस्तै उत्तर र मध्य भारतको धेरै ठाउँको अधिकतम तापक्रम ५० डिग्री सेल्सियस नाघेर अत्यधिक गर्मी बढेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया