अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

 जेठ १८, २०८१ शुक्रबार १२:३६:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । पोर्नस्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्धलाई दबाउन लाखौँ डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले दोषी ठहर गरेको हो ।

अमेरिकाका ४५ औँ राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका बीबीसीले जनाएको छ । ट्रम्प आउँदो राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवारसमेत हुन् । फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताएका छन् ।

फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनको अबको राजनीतिक यात्रा सुखद नहुने विश्लेषकहरूले बताएका छन् । आउँदो जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया