खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेको राष्ट्रिय महिला भेलाले चुनावी गठबन्धनका कारण कानुनले निर्धारण गरेको प्रतिनिधित्व घटेको निष्कर्ष निकालेको छ । हिजो र अस्ति काठमाण्डौमा चलेको भेलाले गठबन्धनको नाममा कानुनी छिद्रको दुरुपयोग गर्दै महिलाका लागि निर्धारित प्रतिनिधित्व घटाउने काम भएको निष्कर्ष निकालेको हो ।
चुनावी गठबन्धनका क्रममा दलहरूले पुरुषहरूलाई प्राथमिकता दिँदा महिलाको निर्वाचित हुने प्रतिनिधित्व घटेको भेलाको ठहर छ । भेलापछि एमालेले आज निकालेको विज्ञप्तिमा प्रतिनिधित्वसम्बन्धी कानुन संशोधन गर्न पार्टीको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा अब बन्ने प्रक्रियामा रहेको निर्वाचनसम्बन्धी कानूनलाई संविधानको धारा ३८ को मर्मअनुसार सबै तह र पदमा समानुपातिक उम्मेदवारीका आधारमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानको सुनिश्चितता हुनुपर्ने माग गरिएको छ ।
यस्तै भेलाका सहभागीहरूले पार्टीभित्र पुरुष र महिलाको सहभागिता बराबर बनाउन आ–आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले एमालेमा महिला सदस्य अनुपात झन्डै २७ प्रतिशतमात्र रहेकोमा यसलाई ५० प्रतिशत पुर्याउन विशेष अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
भेलाले राज्य, पार्टी र समाजमा महिलाको गुणात्मक सहभागिता बढाउन एमालेले नेतृत्व लिनुपर्नेसहित २१ बुँदे घोषणापत्र जारी गरेको छ । २०६३ सालमा पुनर्स्थापित संसद्बाट महिलाका पक्षमा सङ्कल्प प्रस्ताव पारित भएको दिन पारेर जेठ १६ गते एमालेले महिला भेला गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।