जनकपुरधाममा श्रमाधान मेला चल्दै, मधेशमा रोजगारी समस्या समाधानको उपाय खोज्छु : मन्त्री अर्याल

 जेठ १९, २०८१ शनिबार १५:७:० | रासस
unn.prixa.net

रासस

धनुषा – जकपुरधाममा 'श्रमाधान रोजगार मेला' शुरु भएको छ । मधेश प्रदेशको जनकपुरमा आज र भोलि चल्ने श्रमाधान रोजगार मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको हो ।

मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवालाई आफ्ना उद्योगमा रोजगारी दिन मधेश प्रदेशका उद्योगीलाई आग्रह गर्नुभयो । मधेशमा रोजगारी क्षेत्रमा ठूलो समस्या रहेको र मधेशबाट ठूलो सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा जान बाध्य रहेको भन्दै उहाँले मेलामा समस्याको समाधान खोजिने बताउनुभयो ।

मेलामा रोजगारीसहितका कक्ष पनि रहेका छन् । रोजगारदाताले मेलामै कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता लिएर रोजगारीको अवसर दिने व्यवस्था पनि रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सातवटै प्रदेशमा आयोजना हुने श्रमाधान रोजगार मेला गएको बिहीवार कोशी प्रदेशबाट शुरु भएको हो । प्रत्येक प्रदेशमा दुई/दुई दिन मेला सञ्चालन हुनेछ ।

आउँदो ३० गते बाग्मती प्रदेशको ललितपुरमा मेला सम्पन्न भएसँगै श्रमाधान मेला सम्पन्न हुने छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरेको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको मन्त्रालयको भनाइ छ ।

मेलालाई सिप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुने मन्त्रालयको विश्वास छ ।  

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया