भारतमा लोकसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान

 जेठ १९, २०८१ शनिबार १८:१०:५६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

भारतमा लोकसभा चुनावअन्तर्गत आज सातौं एवम् अन्तिम चरणको मतदान भएको छ । आज आठ वटा राज्य तथा केन्द्र शासित प्रदेशका ५७ सिटमा लोकसभा सदस्य चुन्न मतदान भएको हो ।

आज बिहारका आठ, हिमाचल प्रदेशका चार, झारखण्डका तीन, ओडिशाका ६, पञ्जाबका १३, उत्तर प्रदेशका १३, पश्चिम बंगालका नौ र चण्डीगढको एक सिट मतदान भएको हो । आज भएको मतदानका लागि योग्य मतदाताको सङ्ख्या १० करोड ६० लाख जना रहेको थियो ।

आज प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पूरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जुन ४ तारिख अर्थात् आउँदो मंगलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको पाँच सय ४३ जना सदस्यका लागि विभिन्न चरणमा गरी चुनाव भएको हो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया