भारतमा लोकसभाको सातौं चरणको चुनावमा झन्डै ६० प्रतिशत मतदान

 जेठ २०, २०८१ आइतबार ६:४६:१२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा झन्डै ६० प्रतिशत मतदान भएको छ । भारतीय निर्वाचन आयोगकाअनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशमा भएको चुनावमा ५९ दशमलव ४५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा गरी भएको मतदानको नतिजा आउँदो मंगलवार घोषणा गर्ने तयारी रहेको छ ।

त्यसअघि हिजो राति विभिन्न समाचार च्यानल र एजेन्सीले एक्जिट पोल सार्वजनिक गरेका छन् । १० वटा एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाको गठबन्धनले तीन सय ५० भन्दा धेरै सिट पाउने अनुमान छ ।

विपक्षी दल कंग्रेको इन्डिया गठबन्धनले एक सय ६१ सिट पाउने अनुमान रहेको बीबीसीले जनाएको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । पूर्वानुमानअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुने सम्भावना धेरै रहेको छ ।   

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया