इजरायलका दुई जना मन्त्रीद्वारा सरकार ढाल्ने चेतावनी

 जेठ २०, २०८१ आइतबार १८:४२:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यशैलीको विरोध गर्दै दुई जना मन्त्रीले सरकार नै ढालिदिने धम्की दिएका छन् । दुई जना मन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेको गाजा युद्धविराम प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएमा सत्ता छाड्ने र सत्तारूढ गठबन्धनलाई ध्वस्त पार्ने धम्की दिएका बीबीसीले जनाएको छ ।

अर्थमन्त्री बेजेल स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्विरले हमासलाई नष्ट नगरि हुने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका छन् । स्मोट्रिचले नेतन्याहुलाई सम्बोधन गर्दै एउटा पत्र सार्वजनिक गर्नुभएको छ । जहाँ हमासलाई नष्ट नगरि र सबै बन्धकलाई फिर्ता नल्याई युद्ध समाप्त गर्ने अमेरिकी प्रस्ताव मानेमा विरोध गर्ने र सरकार छाड्ने उल्लेख छ ।

तर सबैभन्दा शक्तिशाली मानिएको विपक्षी दलका नेता यायर लापिडले भने प्रधानमन्त्री नेतान्याहुले अमेरिकी योजनालाई समर्थन गरेमा सरकारलाई समर्थन गर्ने प्रतिज्ञा जनाउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनको तीन भागको प्रस्ताव छ हप्ताको युद्धविरामबाट शुरु हुनेछ । जसमा इजरायली रक्षा बल (आईडीएफ) गाजाको रफाह क्षेत्रबाट फिर्ता हुनेछ । यस्तै सबै बन्धकको रिहाइ, शत्रुताको अन्त्य र गाजाका लागि एक प्रमुख पुनर्निर्माण योजना प्रस्तावमा उल्लेख छ । यो योजनालाई दुई जना मन्त्रीले चर्को विरोध गरेका छन् भने विपक्षीले समर्थन गरेका छन् ।

अहिले इजरायलमा युद्ध मन्त्रिपरिषद्ले सरकार चलाइरहेको छ । नेतान्याहु विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेकाले एउटा दलले समर्थन फिर्ता लिए पनि सरकार ढल्ने सम्भावना हुन्छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया